Saturday, November 16, 2013

अम्मल!  
हैकमको बजारमा
चर्दैछन् 
अम्मली भेँड़ाहरू
र 
भीरको टुप्पोबाट झरेर मर्दैछन्
भविष्यको चट्टानमा।
कति मरिसके भेँड़ाहरू?
औला भाँचेर गन्ती गर्दैछन्
बैदार समय।

Wednesday, August 17, 2011

शब्दहाट
१.
आलो घाउमा
नुनचूक छर्न
खप्पिस उनी
उनको विद्याश्रम दर्शन गर्ने
साइत कहिले जुर्ला नि!
२.
बज्रकठोर हातले
कविताको कोमल मुटु
स्पर्श गर्दा
ठहरै हुँदैन र?
३.
भत भत पोल्ने भाबरमा
तड़पिरहेको रोगी
जीवनको पीढ़ालाई
चट्टै पार्ने मृत्युमय ओखती कुट्ने
ओखली कस्तो छ नि?
४.
जल्यौ तिमी
ईर्ष्याको आगोमा?
म त उनिएँ नि
मर्मको धागोमा!
५.
तप तप गर्दै
के चुहिबसेको त्यसरी
आँसु?
गोहीको को पो त!
भनिदियौ
मृगनयनी तिमीले।
६.
झसङ्ग ब्यूझिएँ
आँखा टट्टाइरहेको थियो
मलेको मात्र थिएँ आँखा
सपनाहरु पो लिपिएछन
कचेरासितै- अनुहारभरि!
७.
सूर्यलाई हातकड़ी लगाएर
प्रहरीहरूले सधैं
कुन जेलखानामा
पुरयाउँछन कुन्नि!

Thursday, October 7, 2010

अशक्यता

गहिरा तिम्रा ती दुइ आँखाभित्र

झ्वाम्म हाम फाल्न सक्दिनँ नि म।

डुबुल्की मारी सिपी खोज्नु त कहाँ हो कहाँ

आफ्नै मुटुभित्र बिझेको

मइनकाँड़ा झिक्न पनि सक्दिनँ नि म।

सन्त

यो भित्ते घड़ी अझै चेतेको छैन

टिक टिक गर्दै कतिको ज्यान खाइसक्यो

त्यसको हिसाप योसित छैन।

सिँहासनमा गजधम्म अड़ेस लागेर विराजमान

न आँसु झार्नु छ आँखाबाट

न मुस्कान छोड़्नु छ ओठबाट।

डर पो लाग्दैछ मलाई त

अकालमा खिएको जाबो यो शरीर

लमतन्न परेको हेर्नलाई

मूक दर्शक बन्न पनि बेर छैन!

Tuesday, August 17, 2010

গ্ৰাহক

আপুনি কবিতা কিনিবলৈ আহিছে নে কি?
কবিতা জুখিব জানে আপুনি?
তেন্তে, চাওক
আঁৰি থৈছোঁ মোৰ বুকুতে।
আপোনাৰ হাতখন কাঁইটীয়া নহয়তো?
যদি কাঁইটীয়া হয়
আপুনি ওচৰলৈ নাহিব
পলাই পত্ৰং দিব পাৰে মোৰ কবিতাই
কুমলীয়া তুলাৰ দৰে তাই
আকাশলৈ ঊৰি যাব খোজে বাৰে বাৰে
কি আনিছে আপুনি কবিতা কিনিবলৈ?
যদি হিংসা আৰু ঈৰ্ষাৰ খুচুৰা পইচা
আপোনাৰ জেপত নাচি আছে
মই তুলি দিব নোৱাৰোঁ মোৰ কবিতা আপোনাৰ হাতত।
মোৰ বিৰাট ভয় মোৰ কবিতাক কিজানি আপুনি
চৰিয়াই দিব, গুৰিয়াই দিব
আৰু চোবাই চোবাই ডাষ্টবিনত পেলাই দিব।
আপুনি ভবাৰ দৰে মাংসৰ টুকুৰাও নহয় মোৰ কবিতা
আৰু কচাইৰ দোকানত ম‌ৃত্যুৰ ক্ষণ গণি থকা ছাগলি।
কচাইৰ দৰে যদি ৰেপি ৰেপি হত্যা কৰে আপুনি
বাতৰি কাকতৰ প্ৰথম পৃষ্ঠাত তাইৰ ছবি ওলাব
মোৰ অন্তৰে কিমান যে হাহাকাৰ কৰিব
জীয়াই থাকিবলৈ টান হ’ব
সেই কথা তো বুজিবলৈ অপাৰগ আপুনি।
আপোনাক কৈ থৈছোঁ
মোৰ কবিতাৰ গ্ৰাহক এজন
যিজনে তেওঁৰ হৃদয়খন বন্ধকত থয়
আৰু মোৰ কবিতাক নিজৰ বুকুত সুমুৱাই লৈ যায়
কাইলৈ তেওঁ নিশ্চয় আহিব কবিতা ঘুৰাই দিবলৈ
মই তেওঁৰ হৃদয়খন ঘুৰাই দিম
কিন্তু, মোৰ কবিতা ঘুৰাই নলওঁ।
মোৰ বিশ্বাস তেওঁ বৰ মৰমিয়াল
কবিতাক মৰম দিব জানে
ভালপোবাৰ পৰিভাষা বিচাৰি ফুৰা প্ৰেমিক তেওঁ নহয়।
আপুনিওঁ জানি থোৱা ভাল
শব্দকোষৰ এটি এটি পাত লুটিয়াই চাব
ভালপোৱা অপৰাধ বুলি ক’তো লিখা নাই।

(সাতসৰী, মাৰ্চ ২০০৯ত প্ৰকাশিত)




विज्ञापन अनि हाम्रा कविता
नेपाली साहित्यमा अब राम्रा कविहरुको अभाव छैन। छँदैछैन, पटक्कै छैन।
हामीसित छन धेरै कविहरू जसले कोरा भावुकतालाई मात्र आफ्ना कविताहरुमा स्थान नदिएर कवितालाई सही ढाँचामा ढाल्नको निम्ति कठोर परिश्रम गरेका छन। अनि साँच्चै नै उनीहरुका कविताहरू कविताकै ढाँचामा रूपायित छन जसले विश्वस्तरमै पनि प्रतिस्पर्द्धा गर्न सक्षम छन भनेर हामी भन्न सक्छौं। किनभने हामीले पनि विश्वका चर्चित कविहरुका थोरे भए पनि कविताहरू अध्ययन गरिसकेका छौं। उनीहरुका कविताहरुभन्दा हाम्रा सर्जकहरूका कविता अलिकति पनि कमसल हामीलाई लाग्दैन।
बरू लाग्छ, अझ प्रखर! अझ तेज!!
तर, संसार अहिले विज्ञापनको भरमा बाँचेको छ। विज्ञापनकै कारणले गर्दा अरूहरूका साहित्य उपल्लो दह्रिएका छन। यसको प्रत्यक्ष दृष्टान्त भर्खरै अस्कर पुरस्कारप्राप्त स्लमडग मिलिअनेअर चलचित्रलाई लिन सकिन्छ। स्लमडग मिलिअनेअर एउटा उत्कृष्ट चलचित्र हो भन्नमा कुनै दुईमत छैन तर यतिकै राम्रा अनि बरू यसभन्दा पनि उत्कृष्ट भारतीय चलचित्रहरु नबनेका होइनन जसले अस्कर पुरस्कार प्राप्त गर्न सकेनन। किनभने ती निर्माता अनि कलाकारहरूमा केवल चलचित्र निर्माण गर्ने अनि कला प्रदर्शन गर्ने मात्र दक्षता थियो तर विज्ञापन गर्ने, लबी गर्ने कला र स्रोत-साधन उनीहरूसित चाहिएजति थिएन। अर्कोतर्फ स्लमडग मिलिअनेअर चलचित्रसित विदेशीहरुको विशेष संलग्नता थियो अनि विज्ञापन गरिनुपर्ने सही ठाउँमा उनीहरुकै दबदबा थियो।
हाम्रा कला, साहित्य प्रतिभाहरुको मूल्याङ्कन विश्वमा यसरी हुँदोरहेछ भन्ने कुरा स्लमडग मिलिअनेअर-ले उदाङ्गो पारेको छ। तर खेद्को कुरो जतिबेला हामी दुःखी हुनुपर्ने, ठीक त्यतिबेला हामीले उत्सव मनाइरहेका छौं। यो हाम्रो कस्तो विडम्बना?
विज्ञापनले मात्र तर कुनै कृति उत्कृष्ट बन्दैन, यो सोह्रै आना सही हो। विज्ञापन गरिनुपर्ने कृतिमा गुणात्मक पक्ष प्रबल हुनैपर्छ। तर हाम्रा सर्जकहरूका कृतिहरूमा गुणात्मक पक्ष यति दह्रिलो भएर पनि किन नगण्य छ भन्ने प्रश्न उठेमा विज्ञापनको न्यूनतालाई हामी अघि राख्न सक्छौं। विज्ञापनमा विश्वास गर्ने हाम्रा सोझा पाठकहरूलाई अब हाम्रा कविताहरूतर्फ पनि त्यतिकै चासो राख्ने बनाउन सकिन्छ भन्ने हामीमाझ ठूलो चुनौती खड़ा छ। हाम्रा कृतिहरू कसैले स्वेच्छाले किन्दैनन। हाम्रा कृतिहरू पढ़िदिने सहृदयी पाठकहरु छैनन। कतिपय लेखकहरूले ठूला-ठूला हाँक पिटे पनि तीतो यथार्थलाई उनीहरूले आफ्ना हृदयभित्र लुकाएर राखेका छन। हाम्रै समाजभित्र हाम्रा कृतिहरुको यस्तो दुर्दशा छ।
यस्तै प्रतिकूल परिस्थिति र परिवेशबाट हामीले प्रकाशनयात्राको शुरुआत गरयौं। जान्दाजान्दै कि यो यात्रा अति विकटिलो छ। नेपाली साहित्य विश्वमा कुन स्थानमा छ त्यसको निर्धारण हुन बाँकी नै छ। थाहा छ तर यतिचाहिँ नेपाली साहित्यको स्थान नगण्य छ, भारतीय साहित्यको परिप्रेक्ष्यमा पनि। यस्तो हुनको कारण पत्तो लाउन सर्वेक्षण हुनुपर्ने ठुलो आवश्यकता छ। हामीमा आत्मालोचानाको कमी छ। यसैले यो रहस्यको गाँठो फुस्कन सकेको छैन अद्यापि।
भारतीय नेपाली साहित्यका एकाध मानिएका लेखकहरूका कृतिहरूले कतिसम्म पाठकहरु पाएका छन? यो पनि एउटा गतिलो प्रश्न छ हामीसित। कविताका पुस्तकहरू पाँच सय प्रतिभन्दा बेसी कहिले छाप्नु हामीले? कहिले हाम्रा पुस्तकहरू हारालुछ हुनु पाठकहरूमाझ? यस्ता कैयौं समाधानहीन समस्याहरु छन हामीसित।
के हाम्रा कविताहरुमा निहित घनत्वले विश्वलाई बोक्न सक्दैना? के हाम्रा कविताहरुमा विश्वस्तरका कविताहरुमा पाइने बास्ना छैन? छ, अवश्य छ। तर ती मोहक बास्नालाई हाम्रै बुद्धिजीवीहरूले कहिले अनुभूत गर्ने अनि कहिले यसको महक विश्वभरि फिँजाउने? तर, यी समस्याहरुका समाधान अवश्य हुनेछन एकदिन। त्यसैले लागिपरेका छन हाम्रा सर्जकहरू सिर्जनामा अनि अझ अब्बल सिर्जनामा। एकदिन अवश्य यस्तो आउनेछ। जब हाम्रा कृतिहरू अन्तर्राष्ट्रिय भाषाहरूमा लाखौंको संख्यामा छापिनेछन, हाम्रा पुस्तकहरूले पनि विश्व साहित्यमा प्रचार-प्रसार पाउनेछ। बस! त्यही दिनको प्रतीक्षा छ!
शुभस्य शीघ्रम!
मिरभ कम्प्युटेक प्रिन्टर्स
बतासे कोइरी, घूम, दार्जीलिङ
३.३.०९
अपितु
कवितासित त कसैगरी पनि म मन दुःखाउन सक्दिन। तर लामो समयसम्म कुन्नि किन कविताले मसित मन दुःखाइरही। मैले उसलाई नबोलाएको पनि होइन। बिहान, दिउँसो, राती कुनै समय बाँकी छैन, फुर्सद पाउनसाथ उसलाई बोलाएर वार्तालाप गर्ने मनसाय बनाएकै हुँ। फुस्लाउने चेष्टा गरेको हुँ, फकाउने प्रयत्न पनि गरेकै हुँ। फकाएर, फुस्लाएर आफ्नो कोठामा ल्याउने, बसाउने प्रयास गरेकै हुँ। एककुनामा केहीबेर चुपचाप बसेपछि कुन्नि के हुन्थ्यो उसलाई, ठुस्केर मैले चालै नपाई कहाँ जान्थी-जान्थी। यसचोटि भने उसले मेरो दयनीय अवस्था देखेर होला, साथ छोड़ेकी छैन। मलाई अँगालो हालेर बसिरहेकै छे। मैले पनि उसलाई अँगालोदेखि मुक्त हुने अवसर प्रदान गरेको छुइनँ। मलाई ऊ सधैं यसरी मेरो समीपमा बसिरहेकी नै मनपर्छ, मेरो उदास अनुहारमा उसले मुस्कान पोतेकी नै मनपर्छ।
मेरो अघिल्लो सन्तान 'आत्मसम्मोहन र घाइते शब्दहरू'-लाई खेल्ने साथी चाहिएको थियो। घरिघरि मेरो कानमा भनिबस्थ्यो उसले- "भुक्लुक्क परेको भाइ ल्याउनुहोस न एउटा!" यसपाली ल्याइदिएको छु उसलाई उसको जन्म भएको चौध वर्षको लामो अन्ततरालपछि। नाम पनि उसको नामसित मेल खाने राखिदिएको छु- `मायाजालमा बन्दी शब्दहरू' भनेर। यातिका दिनसम्म उसले नियास्रो समय बितायो, खेलुन अब भाइसित मनग्गे। "भाइलाई माया गर्नु, अरूले भाइलाई सर्काइदेलान, फुर्काइदेलान, माया गरिदेलान, तिमीले चित्त नदुःखाउनु। मलाई त तिमीहरु दुवैको उत्तिकै माया लाग्छा। तिमी त ठूलो भयौ अब, संसार बुझ्ने भइसकेको छौ, परिपक्व भइसकेको छौ।" भनेर उसलाई टाउको मुसार्दै सम्झाएको छु। मलाई थाहा छ उसले मेरो कुरालाई मान्नेछ र भाइलाई सँगसँगै डोहोरयाएर हिँड़ाउनेछ। उसको भाइ टुकुटुकुल हिँड़्ने भएपछि उसले "आफै हिँड़ अब।" भन्नेछ। खुट्टा लागेपछि त आफ्नै खुट्टामा हिँड़्न दिनुपरयो नि!
शब्दको मायाजालमा म परें कि मेरो मायाजालमा शब्द परयो खुट्याउन गाह्रो भइरहेको छ। भावनाको मायाजालमा भने शब्द र म दुवै परेका हौं, पौंठेजोरी पनि खेलेका हौं हामी दुवैले। कहिले उसले मलाई भुइँमा पछारेको हो अनि कहिले मैले उसलाई पछारेको पनि सत्य नै हो। फेरि सम्झौताको यौटै सिह्रानीमा हामीले आँसु पनि झारेका हौं। भावनाको मायाजालबाट म त सुटुक्कै फुत्किएर बाहिर निस्किएँ, शब्द भने भावनाको मायाजालबाट फुत्कन सकेन, बल्छीमा परेको माछाजस्तो अल्झिरह्यो। त्यसैले अहिले ऊ बन्दी छ, फुत्कन सक्दैन पनि कहिल्यै। म भने अब कुन शब्दलाई बन्दी बनाऊँ भन्ने ताकमा छु। कस्तो निर्दयी नि म!
शास्त्रसम्मत कविता सिर्जना हुँदैन, यतिचाहिँ थाहा छ मलाई। शास्त्रेतर कविता रचना गरेर मैले अपराध पक्कै गरिनँ, त्यो पनि थाहा छ। पाठक, समालोचकको धारिलो हातको सिर्कना बेहोर्न मेरो नाङ्गो पिठ्यूँ सधैं तैयार छ। पाठ सुधार्नलाई सधैं सिर्कना बेहोर्न तैयार रहनुपरयो नि! यसमा मेरो खति छैन, फायदा नै फायदा छ।
यसपाली चाहिँ मलाई पक्कै विश्वास भयो- लेखनको निम्ति नैतिक प्रोत्साहनले ठूलो बल प्राप्त गर्दोरहेछ। "राईदा, आपूनि भाल कविता लिखिब जाने, सङ्कलन उलियाउक।" (राईदा, तपाईंले राम्रो कविता लेख्नुहुन्छ, कविता-सङ्कलन निकाल्नुहोस।) भनेर भनिरही यसचोटि। कत्रो ठूलो प्रेरणा, शक्ति लुकेर बसेको हुँदोरहेछ यस भनाइमा। सबैले कहाँ भन्दा रहेछन र यसरी! धन्यबाद दिएर मात्र म पार पाउन सक्छु? वर्णाली-सित वाचा गर्छु जीवनभरि सम्झनादेखि तिमी टाड़ो हुँदिनौ भनेर!

प्रकाशनको क्षेत्रमा बामे सरिरहेको मिरभ प्रकाशन, दार्जीलिङ-लाई फलोस, फुलोस भन्ने शुभकामनासहित मेरो दोस्रो कविता-सङ्कलनलाई छापिदिने ठूलो जिम्मेवारी लिएर मेरो छाती नाङ्लोजत्रो बनाइदिएकोमा फूलले नाङ्लो सजिएसरह अजस्र धन्यबाद्हरू!
अन्तमा, मलाई अनि मेरा कवितालाई मनपराइदिने सप्पैलाई मेरो तर्फबाट मुटुभरिको सलाम!
किरणकुमार राई
तेजपुर, असम
१९.०२.२००९

Monday, August 16, 2010

मायाजालमा बन्दी शब्दहरु-१
समयको नृत्य
चिप्लेर खसेको छ
तारेभीरबाट
समय
डङ्गै उत्तानो पछारिएको छ
चप्लेटी ढुङ्गामा
रगतपच्छे अक्षरहरू जन्माएर।

कटुसत्य
जुनी राम्रो होइन
प्रेमको
फुर्सद पायो कि
घाउहरू चाटिबस्छ यसले।

निवेदन
बाझूँ म जीवनसँग?
क्षितिजको इन्द्रेणी पक्रन।
हारूँ म क्षितिजसँग?
बादलको रुञ्चे मुहार निहार्न।
ठुस्कूँ म बादलसँग?
बाँझो खेतमा शब्दको झरी बर्साउन।

स्पष्टीकरण
के हेरेकी तिमीले मेरा आँखामा?
आँसुको खोला?
सुकिसकेका छन
मौनताको बगरमा।

व्यङ्ग्य-राग
मौनताको जुलुस रोक्न
हल्लाहरुको सङ्गीत बजिरहेछ
कानै फुटाउनेगरी।

पार्थक्य
शाहजहाँको ताजमहलमा
मुमताजको आँसु खस्छ पलपल
सुरिलो धुन बज्दैन।
मेरो एफएम् रेडियोभित्र बजिरहन्छ गीत
तिम्रो सुरिलो कण्ठमा
निद्राको प्रदेशमा मलाई धकेल्दै
शोकधुन त्यहाँ पटक्कै बज्दैन।

मायाजालमा बन्दी शब्दहरु-२
दर्शनभेट
आधारातमा ब्यूँझेको छु
अँध्यारोको साम्राज्य हेर्न
जुनकिरीको मुटु टाँस्छु
अँध्यारोलाई भगाउन।


नियति-१
भार खप्न हम्मे हम्मे पर्छ
जिरिखिम्टे सड़कलाई
ब्वाँसोका हूलहरू
घरिघरि
ओहोर-दोहोर गरिरहँदा।

नपुंसकता
मौलाउन सकेनन आगोहरू
हिमालको चुचुरामा
रापिलो भुप्रोभित्र सल्किरहन्छ
बीजहरू यौवनका।


खोजी
तिमीलाई लाग्दो हो
व्याकुल छु म
तिमीलाई भेट्न।
तिमी भ्रममा छयौ
म त साह्रै व्यस्त छु
शब्दहरु समेट्न।

उद्देश्य
उत्तानो परेको देख्यौ
तिमीले मलाई?
आकाश पो ताक्दैछु
तारामण्डल छुनलाई।

अनौठो भाग्य
भर्खर बामे सर्दैछन
बूढ़ाहरू
नातिनीको नौनी हात पक्रेर
ग्लोबल भिलेजतिर।

फसल-१
रोप्नु त मैले प्रेम नै रोपेको
हृदयको उर्वर खेतबारीमा
आश्चर्यचकित छु-
घृणाहरू पो फलेछन
चट्टानमा लटरम्म!
छोप्न त मैले चल्लाहरू नै छोपेको विश्वासको
साँझको रिमरिममा
अचम्भित छु-
भालेहरू पो बास्दैछन अविश्वासको
उज्यालै नछिर्ने झिसमिसे बिहानमा।


पापी माया
नकच्चरो डालिला छोराहरू
घ्याम्पाको शास्त्रीय सङ्गीतको तालमा
बिहानदेखि षष्ठअमृत घोक्दैछन।
ओदान स्याहार्दै बूढ़ी आमा
दाउरा चिर्दै बूदो बाबू
छोराहरू यमराजलाई सुम्पँदैछन।


चिकित्सा
पीड़ाका रोटी सेक्दैछन
उल्लासमय ताइमा
बिरामी कविहरू
आफू बिसेक हुनलाई।
मायाजालमा बन्दी शब्दहरु-३
विश्लेषण
छिन्द्रिङ्ग बज्यो चुरा
पल्लो कोठामा
गर्भाधान भयो- सोचेको
कत्रो ठूलो भूल मेरो?
ह्त्या पो रहेछ!

मुक्ति-कामना
गुरुबन्धनी
धनुबन्धनी
लघुबन्धनीको जेलखानाबाट
कहिले छुटने हुन कुन्नि?
बिचरा ती निरपराधी बन्धुत्व!

तुलना
जे पायो- खान्छन
जहाँ पायो- सुत्छन
के राम्रो बाली सप्रन्छ उनीहरुको!
छानी छानी खायो
सुकिलो डसना रोज्यो
सधैं बाली कचल्टिन्छ
के भा'को मेरो चाहिँ यस्तो?

शब्दको मैदान
निथ्रुक्क भिज्छन निर्वाङ्ग कविहरू
मुसलधारे पानीमा
छाता ओड़ेरै सर्वाङ्ग ढाकी
अकवि पनि निस्कन्छन सिकोमा।
खल्तीभरि शरमहरू घुसारेर
चिहाउँछन पाठकहरु चेपबाट पर्दाको।
कुट्छन समीक्षकहरू ओखती
ठिङ्ग उभेको ओखलीमा आँगनको
निर्वाङ्ग निथ्रुक्क भिज्ने सर्दी भगाउन कविको।

सम्भावित सजाय
बलवानहरूको हातैभरि,
मुखैभरि घीऊ नै घीऊ
निर्धाहरुको शिरैभरि पैतालाभरि
घाऊ नै घाऊ
लाखेस ईश्वर!
मेरो पालो आवोस न
सिर्कना लाउँदै संसार डुलाउँछु तिमीलाई!

हाँक
के फुटानी गर्छौ
शब्द तिमी?
अर्काकै हात पक्रेर
कागजको शिखर उक्लिरहेछौ।

भ्रमर
के साह्रो डुलन्ते भएको
शब्द तिमी?
कुनै ठाउँ बाँकी छैन
तिमीले नचहारेको।
मायाजालमा बन्दी शब्दहरु-४
विज्ञापन
साइनोको सारङ्गीमा
आफ्नो गीत पो सुनाएको उनलाई
बेच्दै पो रहेछन मेरो घाउ
अचार साँधेर
हाट-बजारमा जो कोहीलाई।

गुनासो
कृष्ण,
किन सिकायौ नि बाँसुरी बजाउन
सकेनन धरतीमा कसैले
प्रियतमलाई हँसाउन।

निम्तो
सुपारी पायौ तिमीले
सरकोजी र ब्रुनीको
बासी बिहेको?

भूल निर्णय
शिविर खोल्ने ठाउँ पाएनन ईश्वरले?
खचाखच छ पृथ्वी
कहिल्यै निको नहुने
बिरामीहरुको भीड़ले।

उपहार
भुसुक्कै निदायौ तिमी?
हेर, म अनिँदो छु
शब्द थुपार्दै तिम्रो पोल्टोमा हाल्दैछु।
भोली बिहान ब्यूँझँदा
तिमी आफूलाई
शब्दको हारमा सजिएकी राजकुमारी पाउनेछ्यौ
अनि
मस्त निदाइरहेको मलाई
दरिद्र कवि!

कुँजे पुरुषत्व
चुल्ठोमा पुल्ठो बाल्छन
धनका भोकाहरू,
दुलहीको केशले
दाह्री सजाउँछन बोकाहरू।
झरिझुट्ट परेर
बाटोमा निस्केका छौ
नर्क जान तम्सेका हौ?

बैगुणीको चर्तिकला
देख्यौ पहाड़,
नतीजा?
सापट दियौ नि छाती उघारो पारेर।
हेर,
अहिले फर्काइल्याउन
कति गाह्रो परिरहेछ!

पृथ्वी
वल्लोछेउदेखि पल्लोछेउसम्म
बिरामी नै बिरामी
एकैजना पनि डाक्टर नभएको
हन यो कस्तो अस्पताल?

वैभिन्न्य
अड़ेको जस्तो लाग्यो
बढ़ेको जस्तो लाग्यो
भन्छन- अल्छेहरू!
हिँड़ेको जस्तो लाग्यो
घटेको जस्तो लाग्यो
भन्छन- उद्यमीहरू!

सुझाव
हिड़्नदेऊ न मलाई
आफ्नो बाटो
बाटोभरि ओछ्याउँछौ काँड़ाहरू
गलैँचाको साटो।
कुदाउँछु नि बुलडोज़र
वरपर केही नहेरी
फराकिलो पार्छु सड़क
अवरोध सबै निमिट्यान्न पारी!
मायाजालमा बन्दी शब्दहरु-५
इतर भावना
दुइ आँखा त,
वल्लो घरको झिरीझिम्टी
पल्लो घरको चोक्टा-लाम्टा
चिहाउँदा नै ठिक्क भो!
तेस्रो आँखा शिवले खुस्काइहाल्यो
ईश्वर! संसार चिहाउन मलाई
चौथो आँखा पो चाहिने भो!

आफन्त
गाली गर्नुहुन्छ त्यसरी?
आफ्नो मान्छेलाई?
थाहा छैन, बिर्स्यौ?
कत्रो गुण लाएको छ
गाउँभरि तिम्रो बदनाम फैलाउनलाई!

खाड़ल
ज़रा काट्दैछौ तिमी,
अर्काको?
ओखती पो मास्दैछौ
जीवन-दानको!

लालसा
गुरु चाहियो' रे उनलाई
निर्दयताको पाठ पढ़्नलाई
भनिदेऊ न है लाजै पचाएर
घरिघरि प्रेममा डुब्नलाई!

आश्वासन
किन छक्कै परेर हेरेको
सपेराको बीनमा
फना उठाएको साँपलाई?
साँपले तालीम लिएकै छैन
भरतनाट्यमको ताल
र
कथक नृत्यको चाल!

अनुमति
साटो फेर्छौ तिमी
जीवन-दानको?
लौ छाती उघारिदिएको छु
मुटु नै ताकेर प्रहार गरिदेऊ
ताकि,
बिझाइरहेको घाऊ
एकै चोटमा निको हुनसकोस!

Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-६
उन्मुक्तिको चाह

कृष्ण!
आफ्नो नाति अनिरुद्ध र उसकी प्रियतमा
उषालाई उकास्न त
द्वापर युगमा आएर
रगतको नदी नै बगायौ।
तिम्रो पवित्र चरणस्पर्शित तेजपुरमा
म पनि छु प्रेमी नै- कविताको,
मलाई उकास्न
कलियुगमा दर्शन दिएर
एकथोपा आँसु पनि खसाल्न सक्दैनौ?

भोक
साह्रै बुद्धू भएँ म,
सबैले हियाउनथाले।
ज्ञानको भण्डार-
रावणको त्यो यौटाचाहिँ टाउको
कसैले ल्याइदिनु नि हौ,
टाँस्ने थिएँ आजै मेरो शरीरमा!

थाँती सजाय
शिष्यले भूल गरयो
गुरुले पाँसुलामा एक स्वाँट लायो
भोलिपल्टै उसले भूल सुधारयो।
ईश्वरले भूल गरयो
गुरु बन्ने लालसा लिएर
मान्छेले हातमा चाबुक लिई
चारैदिशा खोजिहिँड्यो
चनाखो ईश्वर कहाँ भाग्यो भाग्यो!

दृश्यावलोकन
तिर्खाएको छ
भोकाएको छ
खोक्रो ढुङ्ग्रो
अटाउँला-

ब्रह्मपुत्रको सबै पानी त्यसमा?

शङ्का
परस्परको अनुहारमा हेरेर
अर्काकै मुटु उधिनिरहेको देखेँ

उनीहरुलाई!
मैले त पत्याइनँ

उनीहरुको प्रेम अमर हुनेछ
जुनीभरिलाई!

व्यङ्ग्य-खेल
घुरेनमै फूल त फुल्यो नि
धोक्रेको
मनै लोभ्याउने।
माला गाँस्नु भएन
मूलढोकामा तुर्लुङ्गै झुण्ड्याउने।
मायाजालमा बन्दी शब्दहरु-७
याचना
ईश्वर!
कसले रिस उठाएको थियो नि तिमीलाई?
सृष्टिको त्यों क्षणमा
बाङ्गो-टिङ्गो संसार सृष्टि गरिदियौ।
मेरो कुरा मान्छौ?
तिमीले जे भने पनि मानिदिउँला
साटोमा टम्म मिलेको संसार
एकपल्ट फेरि रचिदेऊ!

पाठ अस्वीकार
"अलिकति कड़ा खान्छौ?"
उसले सोध्यो मलाई।
जवाबमा मैले भनें-
"खाँदिनँ, नरम खाँदा त
आन्द्रा-भुँड़ी देखिसक्यो सबैले,
दिन्हौं कड़ा खाएर पनि
सम्पूर्ण शरीर कसरी छोप्नसकेको हँ तिमीले?"

अभियोग
ईश्वर!
तिमीले अरू कला केही जानेनौ?
मान्छेलाई पासो पार्ने
धराप बनाउनुबाहेक?

छद्म इडिपस
सरकोजी र ब्रुनीको
बिहेको जन्तीमा गएकी
अन्तरीको समाज-बहिष्कार भएछ
अत: ऊ बिचल्नी भइछे।
निर्णय दिने
सभापतिको पर्सको कुनामा बास गर्ने ब्रुनीले
पर्सभित्र नै सुँक्क सुँक्क गर्दै आँसु झारिछे।

सपना
दार्जीलिङ,
सुन्यौ?
तिमी ढकमक्क फुलेको तस्वीर
कहिले हेर्नपाउनु नि इन्टरनेटमा?

हैंसे
कस्तो अङ्कुसेमा अड़्केको होला नि
पहाड़को भाग्य?
खुस्काउनैपर्छ त्यसलाई
दाहिने-देब्रे पारेर झट्कारिबस
खुस्कन्छै-खुस्कन्छ।

सांसारिकता
गर्नुसम्म पाप गर्छन
प्रलय, महाप्रलय आउनेछ भन्दै
भयको टोपी ओड़िरहन्छन।
मायाजालमा बन्दी शब्दहरु-८
श्वेत झूठ
अरूले खनेकै बाटोमा
तिमी हिँड़्छौ
दुनियालाई कोलम्बस हुँ भनी
धाक पिट्छौ।

उपासना
के उज्यालो मुहार भएको
नानी पाइछे उसले!
पक्कै पनि भगवानसित
अङ्कमाल गरेकी थिइछे कहिले।

ढङ्गको अपुग
कस्तो जिम्मेवारी नबुझ्ने कवि
जहाँ पायो त्यहीँ कविता जन्माउँछन
अनि

बिल्लिबाठ पारिराख्छन।

नियति-२
भर्खर दाँत उम्रेको बालक
कानैमा मोबाइल टँसाएर
ग्राहम बेललाई जिस्क्याउँदैछ-
"बाजे, तिमी त थोते भएछौ।"

प्रयास
बतासे कविता जन्माउन

घरबाट निस्कन्छन
र
व्यस्त भइटोपल्छन
अधिकतर कविहरू!

ठट्टा
बिँड़ी तान्दै सिँड़ी चढ्छौ
अन्त
भुत्रोको ईश्वर-दर्शन पाउँछौ?

प्रश्न
के उसिनेको?
अण्डा?
सृष्टि रोक्ने अधिकार

कसले दियो हँ तिमीलाई?

परीक्षा
फ्रान्स,
जर्मनी,
जापान,
अमेरिका घुमी
पराई गजक्कै परेर घर फर्कियो
बरालनी बज्यैको धारिलो यौटै प्रश्नमा
ऊ जिल्ल परयो।

सफाइ
कसले बाटो छेक्दोरहेछ हेरूँ त!
शब्दको कुचो बाट्दैछु
बादलहरू स्यार्र स्यार्र पार्दै
मेरो निलो आकाश बढ़ार्छु!
मायाजालमा बन्दी शब्दहरु-९
ईक्षण
थाकैथाक छन सपनाहरु
तिमीलाई नै अधिकार दिन्छु
खोतलिहेर त सिह्रानीमा,
भूणहरू कति कुहिएछन सपनाका?

निर्दयी
आइतबार नै हो आज
कविता?
कविले छुट्टी दिएनन
तिमीलाई?

तीर्थ
पाप पखाल्न भक्तहरू
काशी जान्छन
मथुरा जान्छन
काशीका, मथुराका
पापीहरू पाप पखाल्न कहाँ जान्छन?

अनुकरण
झोलले नाक लागेकाहरू
सूप खान्छु भन्छन
हतारसित खाने हुँदा
लुगाभरि पोखाउँछन।

फीता
माउण्ट एभरेस्टको उँचाइ नाप्ने
तिमीले
उनन्तीस हज़ार दुइ फीट सजिलै भनिदियौ
त्यत्रो अग्लो हिमालको उँचाइ नाप्ने
तिम्रो उँचाइ कति हँ?

छुट
गाह्रो छ नि जीवन थेग्न
सजिलो कहाँ छ भनेको छु र?
घरिघरि जिस्क्याउन आउने समयलाई
सँघारदेखि भगाउन कहाँ सकेको छु र?

रमिता
लाटो एक बल्ड्याङ लड़ेको देख्यौं
बाठो तीन बल्ड्याङ लड़ेको पनि देख्यौं
संसार सृष्टि गर्ने ईश्वरलाई
मान्छेले झ्याइँकुटी पारेको झन
आफ्नै आँखाले देख्यौं।
मायाजालमा बन्दी शब्दहरु-१०
ग्राहक-१
के चिटिक्क परेको गोलो फ्रेम रहेछ आकाशमा!
धरतीमा बेच्न पठाउनु नि त्यसलाई
किनिहाल्थें म
उसको र मेरो तस्वीर टाँग्नलाई।
अभिलाषा
कसले जित्छ होला है
अन्तमा यो संसारलाई?
ईश्वर,
तिमीलाई त थाहा छ नि!
सुटुक्कै कानमा भनिदेऊ न मलाई
अहिलेदेखि नै अँगालो हाल्थें उसैलाई।

पश्चाताप
आजित भइसकें भन्छन- ईश्वर
थकित भइसकें भन्छन- ईश्वर
किन सृष्टि गरेछु नि
मान्छेरुपी खेलौना?
सधैं-सधैं सुन्नुपर्छ मैले यसरी
उसैको मात्र बिलौना।

आश्चर्य
वल्लो घरबाट हिजो लिएको पैंचो नून
आज तिरें,
पल्लो घरबाट आज लिएको पैंचो तेल
नमरे भोली तिर्नेछु,
ईश्वरबाट उहिल्यै पैंचो लिएको
सास तिर्न मलाई यत्रो समय लागेको?

तिर्खा
राम आए,
ढोलक बजाउँदै रहिम आए,
यीशु आए,
बाँसुरी बजाउँदै कृष्ण आए,
बुद्ध आए,
थप्पड़ी बजाउँदै नानक आए
सँगसँगै झ्याली-झ्याम्टा बजाउँदै
बाझ्दै-जुझ्दै
कति-कति मान्छे आए,
पूर्वबाट आएका सबैजना पश्चिमतिर गए।
सकेनन तर कसैले गर्न परास्त तिमीलाई
हे ईश्वर!
तिम्रो मुटु त साँच्चै फलामको रहेछ
एकचोटि स्पर्श गर्नदेऊ न मलाई।

असमय
लौ आइहाली ऊ त
झुम्के बुलाकीमा चिरिच्याट्ट परेर
हातभरि हिलो छ मेरो
निस्कूँ कसरी म इस्टकोटमा झरिझुट्ट बनेर?

परामर्श
झेल्नसक्छौ तिमी?
लौ झेल मेरो प्रेमको भारी।
छेल्नसक्छौ तिमी
दुनियाँले सिर्जेको काँड़ाघारी?
मायाजालमा बन्दी शब्दहरु-११
भ्रम
हतारमा बिहे गरयौ
भुमरीमा परयौ
रम्भा, मेनका र उर्वशीले
पालैपालो गाला चिमोट्दा
पश्चातापको आगोमा जल्नुसम्म जल्यौ।

शिक्षा
छोड़ेर आएको अतीतलाई पनि
कविता मानेको छु,
भोग्दै गरेको वर्तमानलाई पनि
कविता ठानेको छु,
प्रिये त तिमीलाई कसैगरी भन्नसक्दिनँ म
तर,
तिमीले मेरो मुटुमा सिउरिदिएकी
खुशीको माला र पीड़ाको हारलाई
कविता होइन,
मैले मेरो जिन्दगी जानेको छु।

सर्वेक्षण
तिमी हारयौ कि म हारें
म कसरी सम्झूँ?
तिमीले जित्यौ कि मैले जितें
म कसरी बुझूँ?
जिन्दगी त यस्तै रहेछ
तिमी एकापट्टि रहेछौ
म अर्कोपट्टि रहेछु।
दाहिने-देब्रे हेर्दा त कसैलाई देख्दिनँ
तर हामी दुवैको आँखा छल्दै पछिल्तिरबाट
डोरी भने कसैले तान्दोरहेछ
यस्तो रहस्यचाहिँ
मैले छर्लङ्गै जानें।

नाउ
मलाई काखमा राख्दिनँ भन्छौ तिमी
मेरो भार खप्न सक्दिनँ भन्छौ तिमी
पृथ्वी,
तिमीले धमास दिनैपर्दैन मलाई
म त तिमीसित छुटानाम गर्छु नै गर्छु
तिम्रो माया मार्छु नै मार्छु
तिमीले थाहा नै पाउन्नौ
कतिखेर सुटुक्कै सँघार नाघेर
जँघार म तर्छु नै तर्छु।

लाटो
यता आऊ न भनी- उसले
उसको नजिक पुगें
ऊ परपर सर्दै गई।
उता जाऊ न भनी- उसले
म टाड़िन गएँ
ऊ वरवर सर्दै आई।
सङ्केत बुझ्न कति गाह्रो नि यो संसारमा!

अमिलो फल
शिरीषको अग्लो रूखमा
के झुण्डिएको त्यो?
सुनाखरी फूल?
टिपूँ? चढ़्छु ल?
आ, होस है, झर्छु!
बित्थाको फूल पो रहेछ!