Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-११
भ्रम
हतारमा बिहे गरयौ
भुमरीमा परयौ
रम्भा, मेनका र उर्वशीले
पालैपालो गाला चिमोट्दा
पश्चातापको आगोमा जल्नुसम्म जल्यौ।

शिक्षा
छोड़ेर आएको अतीतलाई पनि
कविता मानेको छु,
भोग्दै गरेको वर्तमानलाई पनि
कविता ठानेको छु,
प्रिये त तिमीलाई कसैगरी भन्नसक्दिनँ म
तर,
तिमीले मेरो मुटुमा सिउरिदिएकी
खुशीको माला पीड़ाको हारलाई
कविता होइन,
मैले मेरो जिन्दगी जानेको छु।

सर्वेक्षण
तिमी हारयौ कि म हारें
म कसरी सम्झूँ?
तिमीले जित्यौ कि मैले जितें
म कसरी बुझूँ?
जिन्दगी त यस्तै रहेछ
तिमी एकापट्टि रहेछौ
म अर्कोपट्टि रहेछु।
दाहिने-देब्रे हेर्दा त कसैलाई देख्दिनँ
तर हामी दुवैको आँखा छल्दै पछिल्तिरबाट
डोरी भने कसैले तान्दोरहेछ
यस्तो रहस्यचाहिँ
मैले छर्लङ्गै जानें।

नाउ
मलाई काखमा राख्दिनँ भन्छौ तिमी
मेरो भार खप्न सक्दिनँ भन्छौ तिमी
पृथ्वी,
तिमीले धमास दिनैपर्दैन मलाई
म त तिमीसित छुटानाम गर्छु नै गर्छु
तिम्रो माया मार्छु नै मार्छु
तिमीले थाहा नै पाउन्नौ
कतिखेर सुटुक्कै सँघार नाघेर
जँघार म तर्छु नै तर्छु।

लाटो
यता आऊ न भनी- उसले
उसको नजिक पुगें
ऊ परपर सर्दै गई।
उता जाऊ न भनी- उसले
म टाड़िन गएँ
ऊ वरवर सर्दै आई।
सङ्केत बुझ्न कति गाह्रो नि यो संसारमा!

अमिलो फल
शिरीषको अग्लो रूखमा
के झुण्डिएको त्यो?
सुनाखरी फूल?
टिपूँ? चढ़्छु ल?
आ, होस है, झर्छु!
बित्थाको फूल पो रहेछ!

No comments:

Post a Comment