Friday, August 6, 2010

मायाजालमा बन्दी शब्दहरु-८
श्वेत झूठ
अरूले खनेकै बाटोमा
तिमी हिँड़्छौ
दुनियालाई कोलम्बस हुँ भनी
धाक पिट्छौ।

उपासना
के उज्यालो मुहार भएको
नानी पाइछे उसले!
पक्कै पनि भगवानसित
अङ्कमाल गरेकी थिइछे कहिले।

ढङ्गको अपुग
कस्तो जिम्मेवारी नबुझ्ने कवि
जहाँ पायो त्यहीँ कविता जन्माउँछन
अनि

बिल्लिबाठ पारिराख्छन।

नियति-२
भर्खर दाँत उम्रेको बालक
कानैमा मोबाइल टँसाएर
ग्राहम बेललाई जिस्क्याउँदैछ-
"बाजे, तिमी त थोते भएछौ।"

प्रयास
बतासे कविता जन्माउन

घरबाट निस्कन्छन

व्यस्त भइटोपल्छन
अधिकतर कविहरू!

ठट्टा
बिँड़ी तान्दै सिँड़ी चढ्छौ
अन्त
भुत्रोको ईश्वर-दर्शन पाउँछौ?

प्रश्न
के उसिनेको?
अण्डा?
सृष्टि रोक्ने अधिकार

कसले दियो हँ तिमीलाई?

परीक्षा
फ्रान्स,
जर्मनी,
जापान,
अमेरिका घुमी
पराई गजक्कै परेर घर फर्कियो
बरालनी बज्यैको धारिलो यौटै प्रश्नमा
ऊ जिल्ल परयो।

सफाइ
कसले बाटो छेक्दोरहेछ हेरूँ त!
शब्दको कुचो बाट्दैछु
बादलहरू स्यार्र स्यार्र पार्दै
मेरो निलो आकाश बढ़ार्छु!

No comments:

Post a Comment