Wednesday, August 4, 2010

मायाजालमा बन्दी शब्दहरु-२३

अस्पृश्यताको मुकुट

देख्नुभएकै होला नि!

ओढ़ेको छु मुकुट अस्पृश्यताको

तपाईँहरूले त हो नि!

मुकुट ओड़ाइदिएका।

राजा भएको छु

शासनको लामो लठारो त तपाईँहरूकै हातमै छ नि!

राजा मात्र छु,

तटस्थ बसेर शासन गर्ने मुकुटे राजा

हिजोआज बिलखबन्दमा परेको छु।

अँ,

धेरै टाड़ो छु तपाईँहरूको जमातदेखि टाड़ो

भिन्नै प्रदेशमा छु।

भीरको त्यो तटस्थ तमर्के गाँठोले पनि

खिसी गरेको सपनामा देख्छु नि बेलाबखत

कापमा फुलेको फूलले

घामलाई मात्र दर्शन दिँदै लमतन्न परेजस्तो

अलमस्तै छु- अस्पृश्यताको मुकुट ओड़ेर।

छेकबार

पगितो समय कहाँ छ र मसित?

भ्याउँदिन रहेछु तिमीसम्म पुग्न।

साँझपखतिर यसो फुर्सद निकालेर

तिमीकहाँ पुगूँ भन्छु

तिम्रो मनको आँगन डुलूँ भन्छु

आफ्नो मनको व्यथा भुलूँ भन्छु

तर,

भ्याउँदिन रहेछु

अलपत्र रहेछन जिजीविषाका कोठेबारी।

गोड़्न भ्याएकै छुइनँ नि

आफूलाई यहाँ कामको कस्तो लठारो छ!

टुटुल्को उठेको छ नि मेरो निधारमा

तिमीले त कहाँ देख्छ्यौ र?

ए, तिम्रो त आँखा अपरेशन भएको हो नि!

आँखाहरू त तिम्रा पसिसकेका छन

चश्माको त्यो गहिरो गुफाभित्र

देख्दैनौ मेरो मुटुभित्रको गाँठो

फुकाउनै नसक्ने पो भएको छ त!

No comments:

Post a Comment