
Wednesday, April 29, 2009
Subscribe to:
Post Comments (Atom)
स्वाभिमानको क्यान्भसमा किरिङमिरिङ रेखाहरूले कोरिएको एउटा अस्पष्ट अनि अमूर्त पोट्रेट। व्याखा हुनै नसक्ने अर्थहीन व्यक्तित्व। जीवनले सोहोरेर ल्याएको अनुभव र अनुभूतिलाई अभिव्यक्तिको मञ्चमा मञ्चन गराउन चाहने तृतीय श्रेणीको अभिनेता। छुल्याहा समयको मूक दर्शक। सार्दैछ पाइला, पुगेर पुग्नै नसकिने, स्पर्श गर्न खोजेर छुनै नसकिने दिगन्तमय गन्तव्यतिर। नियति स्याहार्दैछ उसले कि नियतिले स्याहार्दैछ उसलाई? समयले बल्छी हानिरहेछ उसको जीवनलाई- बस त्यति!
तपाईंको कविताहरूले प्रभावित छु। तपाईंको कविताका सुन्दर रङले लेखिन्छु म। खुशी छु कविता विनिमयले।
ReplyDeleteमैले भारतीय कविताहरूको ई-घर शुरू गरेर भारतीय नेपाली कविहरूको अत्यन्त मीठा अनि स्तरीय कविताहरू सङ्ग्रह गर्ने कोशिष गरेको छु। तपाईंले पनि नेपाली भाषामा लेखिएको तपाईंको सुन्दर कवितासितै कवितामाथिको विचार अनि फोटो पठाएर सहयोग गर्नु हुन्छ भन्ने आशा राखेको छु।